PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

भारतकाे दरभङ्गामा यात्रुवाहक रेल दुर्घटना



पहिलोपोस्ट

भारतकाे दरभङ्गामा यात्रुवाहक रेल दुर्घटना

नयाँ दिल्लीः भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ। रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर रेल दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन्।

तर यस दुर्घटनामा मानवीय हताहत भने नभएको समाचारमा प्रष्ट पारिएको छ। रेल सेवाका अधिकारीहरुले सो जानकारी दिएका छन् ।बिहारको प्रान्तीय राजधानी पटनाबाट १४१ किलोमिटर उत्तरपूर्वमा पर्ने दरभाङ्गा जिल्लामा सो रेल दुर्घटना भएको हाे।

शुक्रबार बिहान सवेरै दरभाङ्गा–कोलकाता एक्पे्रस रेलमार्गमा उक्त दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटना भएको अवस्थामा रेलमा रहेका सवै यात्रुहरु निदाएका बताइएको छ। दरभङ्गास्थित रेल सेवाका एकजना अधिकारीले तर त्यसमा रहेका यात्रुहरु भने सकुशल रहेका जानकारी दिएका छन्। 

भारतको रेलमार्ग कतिपय स्थानमा निकै जीर्ण अवस्थामा छ। यसको मर्मत तथा नयाँ निर्माणका लागि १३७ अर्ब अमेरिकी डलर बराबरको रकम लाग्ने र यसको निर्माण अवधि पाँच वर्षं लाग्ने भन्दै भारतीय सरकारले सन् २०१५ मा यो आयोजनाको घोषणा गरेको थियो। भारतमा रेलसेवा यातायातको एक ठूलो र भरपर्दाे सेवा हो । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell