
काठमाडौँ : विभिन्न १३ राष्ट्रका सेनाहरुको संयुक्त अभ्यास काठमाडौंमा सम्पन्न भएको छ। विपद् व्यवस्थापनलगायतका विषयमा चार दिनसम्म चलेको उक्त सैन्य अभ्यासलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्त राज कुँवरले सम्पन्न गरेका हुन्।
नेपाली सेना तथा अमेरिकी सेनाको संयुक्त आयोजनामा डिजास्टर रिस्पोन्स एक्सरसाइज एण्ड एक्सचेन्ज शीर्षकमा अभ्यास भएको थियो। विभिन्न मुलुकका सेनासहित नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रसलगायत विपद् व्यवस्थापनमा कार्यरत संघ, संस्थाहरुको समेत गरी जम्मा ३ सय २ जनाको सहभागितामा अभ्यास संचालन भएको थियो।
अभ्यासको दौरान खोज र उद्दारको प्रयास तथा घाइतेहरुको उपचार प्रक्रिया सम्बन्धि काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु उपत्यका पृतना हेडक्वार्टर परिसरलगायत महावीर गण, भैरवनाथ गण, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, वीरेन्द्र अस्पताल छाउनी, ट्रमा सेन्टर, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, टुंडिखेल र क्षेत्रपाटी एरियामा संचालन भएको थियो।