PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

पीपीएलको हस्पिटालिटी पार्टनरमा ओयो, एक वर्षका लागि ३२ लाख बराबरको सम्झौता



पहिलोपोस्ट

पीपीएलको हस्पिटालिटी पार्टनरमा ओयो, एक वर्षका लागि ३२ लाख बराबरको सम्झौता

काठमाडौँ : पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेटको हस्पिटालिटी पार्टनरको रुपमा ओयो होटल रहने भएको छ।

आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट र ओयो बीच शुक्रवार सम्झौता भएको हो। सम्झौतापत्रमा आयोजकका तर्फबाट प्रवन्ध निर्देशक छुम्बी लामा  र ओयोका नेपाल कन्ट्री हेड निशिद हलानीले हस्ताक्षर गरे।

सम्झौतअएक वर्षको लागि हुने र सम्झौतापछि पीपीएलको हस्पिटालिटी पार्टनरमा ओयो रहने निर्देशक लामाले बताए। ओयोले ३२ लाख बराबरको सहयोग गर्नेछ।

ओयोले सम्झौता अनुसार पीपीएलमा सहभागी हुने ६ वटै टिम, आयोजक, अफिसियल लगायतलाई हस्पिटालिटी प्रदान गर्नेछ। यस्तै पीपीएल अवधीमा ओयोमा जाने फ्यानहरुलाई समेत ५० प्रशित छुटको व्यवस्था हुने ओयोका कन्ट्री हेड हलानीले जानकारी दिए।

सम्झौतापछि ओयोका कन्ट्री हेड हलानीले पीपीएलसँग हस्पिटालिटी पार्टनरको रुपमा जोडिन पाउदा खुशी लागेको बताए।

पहिलो संस्करणको पीपीएल कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुँदैछ। पीपीएलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell