PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

१५औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता



पहिलोपोस्ट

१५औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता

काठमाडौँ : नेपाल व्यायाम मन्दिरको आयोजनामा १५औँ धर्मश्री राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७५ यही असोज १९ र २० गते हुँदैछ।

२०१० मा स्थापना भएको नेपाल व्यायाम मन्दिरले २०४२ साल देखि प्रत्येक दुई वर्षको अन्तरमा यो प्रतियोगिता गर्दै आएको छ।

कूल सात तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपालभरीबाट करिब ४ सय खेलाडीले सहभागिता जनाउने व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रदानले जानकारी दिए।

नेपालकै सबैभन्दा चर्चित र अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित रहेको धर्मश्री हरेक वर्ष गर्ने योजना भएपनि प्रायोजकहरुको राम्रो साथ पाउन नसक्दा दुई वर्षको अन्तरमा गर्नुपरेको प्रधानले बताए।

प्रतियोगितामा विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पहिलो दिन प्रिजजिङ राउण्ड हुनेछ। प्रत्येत तौल समूहमा उत्कृष्ट ६ जना फाइनल रउण्डका लागि छनोट हुनेछन्। त्यसबाट ७ वटै तौल समूहको विजेता चयन गरिनेछ र उनीहरुले ओभरअल राउण्डमा च्याम्पियन बन्न प्रतिस्पर्धा गर्नेछन्।

१५औँ धर्मश्री विजेताले नगद ५ लाख हात पार्नेछन्। यस्तै ओभरअलमा दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख, चौथो हुनेले ९० हजार, पाँचौ हुनेले ८० हजार, छैटौँ हुनेले ७५ हजार र सातौँ हुनेले ६० हजार प्राप्त गर्नेछन्।

यस्तै तौल समूहमा दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार हात पार्नेछन्।

कमलादीस्थित प्रत्ता प्रतिष्ठानमा आयोजना हुने प्रतियोगितालाई ब्रिटिस गोर्खा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ , टेलेटक लगायतले प्रायोजन गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell