PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन हुन्छः रामचन्द्र पौडेल



पहिलोपोस्ट

सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन हुन्छः रामचन्द्र पौडेल

वीरगञ्जः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन्।उनले‍ संविधान संशाेधनका विषयमा कांग्रेस पहिले देखिनै सकरात्मक रहेकाे बताए ।

काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा शुक्रबार यहाँ आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सबल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए। उनले काङ्ग्रेसले सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिए।

केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेसले गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी भएकाे बताइन्। 

विधान संशोधन समिति प्रदेश नं. २ का संयोजक डा‍. मीनेन्द्र रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, काङ्ग्रेस पर्साका अध्यक्षलगायतले विधान संशोधनका विविध विषयबारे बोलेका थिए। भेलामा प्रदेश नं २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापतिलगायतका नेताको सहभागिता छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell