PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

तनुश्रीको पक्षमा प्रियंका, फरान



पहिलोपोस्ट

तनुश्रीको पक्षमा प्रियंका, फरान

बलिउड अभिनेत्री तनुश्रीका पक्षमा बलिउड स्टार उभिएका छन्।नाना पाटेकरमाथि 'सेक्सअल ह्यारेसमेन्ट'को आरोप लगाएकी तनुश्रीलाई प्रियंका चोपडा, फरान अख्तर लगायत अन्य फिल्मकर्मीले साथ दिएका छन्।

सामाजिक सञ्जाल टुइटरमा फरानले आफू तनुश्रीको पक्षमा रहेको लेखेका छन्। उनले लेखेका छन् 'तनुश्रीमाथि प्रश्न उठाउनु भन्दा उनको हिम्मतको प्रशंसा गर्नुपर्छ।'
 


फरानकै कुरालाई अभिनेत्री चोपडाले सहमती जनाएकी छिन्। बलिउडमा यस विषयलाई लिएर टिका टिप्पणी सुरु भएका छन्। फिल्मकर्मीहरु पक्ष विपक्षमा उत्रिन थालेका छन्।  

तनुश्रीले १० वर्षअघि भएको ह्यारेसमेन्टबारे मुख खोलेपछी बलिउड तातेको छ। सलमान र अमिताभ यस विषयमा बोल्न चाहेनन्। तर भारतीय मिडियामा आमिर खानले तनुश्रीलाई ह्यारेसमेन्ट भएको सहि हो भने त्यो दु:खको विषय रहने बताए। अब अनुसन्धानपछी नै सबै कुरा थाह हुने बताए।

घट्नाको साक्षी रहेकी पत्रकार जेनिस पनि तनुश्री कै पक्षमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell