
काठमाडौँ : आदिअबाधी महिला भलिबल लिग (एभीएल) भोली देखि सुरु हुँदैछ। नेपाल भलिबल संघ र आदिअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा हुने एभीलको उद्घाटन खेलमा शनिवार चसतवन टाइगर्स र त्रिभुवन आर्मी भिड्देछन्।
लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बिभाजन गरिएको छ। न्यु डायमण्ड, चितवन टाइगर्स र आर्मी समूह ए मा छन् भने एपीएफ, पुलिस र पोखरा पिङ्केज अर्को समूहमा रहेका छन्।
नेपालको भलिबल इतिहासमा सर्वाधिक पुरस्कार राशीको एभिएल बिजेताले ६ लाख प्राप्त गर्नेछन्। त्यस्तै दोश्रो हुनेले ३ लाख र तेश्रोले १ लाख ५० हजार प्राप्त गर्ने छन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन्। त्यस्तै टिम तयारीका लागि एपीएफ, पुलिस, आर्मी र न्यु डायमण्डले १ लाख २५ हजार तयारी खर्च प्राप्त गर्ने छन्।