PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

एसिया कप : भारत च्याम्पियन, दासको शतक काम लागेन बंगलादेशलाई



पहिलोपोस्ट

एसिया कप : भारत च्याम्पियन, दासको शतक काम लागेन बंगलादेशलाई

भारतले एसिया कपको उपाधि जितेको छ। फाइनलमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।

बंगलादेशले दिएको २२३ रनको लक्ष्य भारतले अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो।  युएईको दुबई इन्टरनेशाल क्रिकेट स्टेडियममा भारतका लागि केदार जादवले विजयी रन प्रहार गरे।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ तथा दिनेश कार्तिकले ३७ रन जोडे। जादव २३ रनमा नटआउट रहे। बंगलादेशका मुस्ताफिजुर रहेमान र रुबेल हुसेनले २-२ विकेट लिए।

तयसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले लिटन दासको शतक मद्दतमा ४८.३ ओभरमा सबे विकेट गुमाएर २२२ रन बनाएको थियो। ओपनर दासले पहिलो विकेटका लागि मेहदी असन मिराजसँग १२० रनको साझेदारी गर्दै गतिलो सुरुवात दसलाएका थिए। तर हसन मिराज ३२ रन बनाएर आउट भएपछि बंगलादेशले निरन्तर विकेट गुमायो। छैटौँ विकेटका दासले सौम्य सरकारसँग ३७ रनको साझेदारी गरे। दासले ११७ बल खेल्दै १२ चौका र २ छक्काको मद्दतमा १२१ रन बनाए। सरकारले ३३ रन जोडे। भारतका कुलदिप यादवले ३ विकेट लिए।

बंगलादेशका दास म्यान अफ दि म्याच घोषित भए।

यस्तै च्याम्पियन भारतका शिखर धवन प्लेअर अफ दि सिरिज चुनिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell