PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

यू-१९ एसिया कप : भारतले दियो नेपाललाई ३०५ रनको लक्ष्य



पहिलोपोस्ट

यू-१९ एसिया कप : भारतले दियो नेपाललाई ३०५ रनको लक्ष्य

काठमाडौँ : बंगलादेशमा आजबाट सुरु भएको यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले भारतसँग खेलिरहेको छ। भारतले नेपालले जितका लागि ३०५ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले यसस्भी जैसवालको शतक मद्दतमा पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३०४ रन बनाएको हो। जैसवालले १०४ रन बनाए। यस्तै विकेटकिपर प्रब सिमरन सिंहले ८२ तथा आयुष बाडोनीले ३३ रन जोडे।

बलिङमा नेपालका भिम शार्कीले ७ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। रसिद खानले २ विकेट लिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell