PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश राजधानी गोदावरी तोकेको विरोधमा धनगढी अनिश्चितकालीन बन्द



एम बम

प्रदेश राजधानी गोदावरी तोकेको विरोधमा धनगढी अनिश्चितकालीन बन्द

कैलाली: तत्कालिन प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम प्रदेश राख्ने प्रदेश सभाको निर्णयपछि धनगढी अनिश्चितकालका लागि बन्दको आह्वान गरिएको छ। अनिश्चितिकालिन बन्दपछि धनगढीको जनजीवन कष्टकर बनेको छ।
 
अस्थायी राजधानी रहेको क्षेत्रबाट स्थायी राजधानी सारिएको भन्दै केही दिनदेखि प्रदेशसभा भवनअगाडि धर्ना र प्रदर्शन गर्दै आएका धनगढीका स्थानीयले आज देखि अनिश्चित हड्ताल आह्वान गरेका हुन्। आम हड्तालका कारण धनगढी बजार बन्द भएको छ भने यहाँबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्। विद्यालय उद्योग कलकारखाना पनि बन्द रहेका छन्।

बन्दकर्ताले विद्युतीय रिक्सा समेत चल्न नदिएपछि छोटो दुरीका लागि घरवाहिर निस्किएकाहरु पनि अपत्र परेका छन्। उनीहरु धनगढीको टन्टलापुर गर्मीमा पैदल हिड्न बाध्य छन्।

धनगढीबासिले राजधानीका लागि धनगढीमा करोडौं खर्च भइसकेकाले सार्न नहुने बताएका छन्। अस्थायी राजधानी रहेको धनगढीबाट स्थायी राजधानी परित गरिएको गोदावरी क्षेत्र २० किलोमिटरको दूरीमा रहेको छ।

बन्दले शिक्षक सेवा आयोगका परीक्षार्थी मारमा

कञ्चनपुरबाट शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन आएकाहरुको परीक्षा पनि बन्दले प्रभावित भएको छ। विहान गाडीमा आएर घरैबाट परिक्षा भ्याउने सोचमा हिडेकाहरुको परीक्षा प्रभावित भएको हो।

बन्दकर्ताले गोदावरी र धनगढीको सिमा क्षेत्र गेटामा यातायातका साधनहरु ठप्प पारेका छन्। गेटाबाट पैदल हिडेका कतिपयले परीक्षामा सहभागिता जनाउन पाएपनि धेरैको परिक्षा भने छुटेको छ। 

शुक्रबार प्रदेश सभा बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी घोषणा गरेको हो। प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले भने बैठक बहिस्कार गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell