PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

माटोको ढिस्कोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु



पहिलोपोस्ट

माटोको ढिस्कोले पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

दाङः दाङमा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका–४ मौरीघाट निवासी ३५ वर्षीय निमाकुमारी चौधरी, ३० वर्षीय श्यामकुमारी चौधरी र १२ वर्षीय रेजीना चौधरीको मृत्यु भएको हो।

दसैंका लागि घर पोत्ने माटो लिन दोलइ खोलामा गएका उनीहरुको मोटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तिमगरले  जानकारी दिए। 

उनका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell