PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वेष्टह्यामसँग ३-१ ले पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वेष्टह्यामसँग ३-१ ले पराजित

प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा म्यानचेष्टर युनाइटेड पारजित भएको छ। घरेलु मैदानमा वेष्टह्यामले युनाइटेडलाई ३-१ ले पराजित गरेको हो।

यस सिजन वेष्टह्यामलाई दोस्रो जित दिलाउन फिलिपे एन्डरसन र मार्को अर्नाउटोभिचले एक-एक गोल गरे। अर्को गोल युनाइटेडका भिक्टोर लिन्डलोफले उपहार दिए। युनाइटेडको लागि मार्कोस रासफोर्डले एक गोल गरे।

यस सिजन युनाइटेडको यो तेस्रो हार हो। हारपछि युनाइटेड ७ खेलबाट जम्मा १० अंकसहित अंकतालिकामा दशौँ स्थानमैं छ भने समान खेलबाट ७ अंक जोडेको वेष्टह्याम १३औँ स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell