PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

ला लिगा : बार्सिलोनाको अर्को बराबरी



पहिलोपोस्ट

ला लिगा : बार्सिलोनाको अर्को बराबरी

डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले स्पानिस ला लिगामा अर्को बराबरी खेलेको छ।तीन दिनअघि लेगानेससँग पराजित भएको बार्सिलोनाले एथ्लेटिको विल्वाओसँग बराबरी खेलेको हो।

वैकल्पिक खेलाडी मुनिरले खेल सकिन ६ मिनेट अगाडी गोल गरेपछि बार्सिलोनाले विल्वाओसँग १-१ को बराबरी खेल्दै १/१ अंक बाँड्यो। पहिलो रोजाईमा नरहेपनि दोस्रो हाफमा मैदान छिरेका लियोनल मेसीले मुनिरलाई गोलका लागि सहयोग गरेका थिए।

यस सिजन बार्सिलोनाको यो दोस्रो बराबरी हो। बार्सिलोनाले गत साता जिरोनासँग पहिलो बराबरी खेलेको थियो।

बराबरीपछि ७ खेलबाट १४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell