PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र आर्सनल विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र आर्सनल विजयी

ठूला क्लबहरु म्यानचेष्टर सिटी, टोटनहम हट्सपर र आर्सनलले शनिवार प्रिमियर लिगमा जित हात पारेका छन्।

साविक विजेता म्यानचेष्टर सिटीले ब्राइटनलाई २-० ले हरायो। सिटीका लागि घरेलु मैदानमा भएको खेलमा रहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक-एक गोल गरे।

जितपछि ७ खेलबाट १९ अंक जोडेको सिटी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। यस सिजन शतप्रतिशत जित निकालेको लिभरपुलले चेल्सीसँग खेलिरहेको छ।

यस्तै लण्डन क्लब टोटनहमले हडर्शफिल्डलाई २-० ले पराजित गरेको छ। टोटनहमका लागि दुवै गोल ह्यारी केनले गरे। अर्को लण्डन क्लब आर्सनलले वाटफोर्डलाई २-० ले नै पराजित गर्दै लगातार पाँचौ जित हात पारेको छ।

दुवै लण्डन क्लबले यस सिजन खेलेका ७ मध्ये पाँचौ जित हात पारेका हुन्। दुवैको समान १५ अंक छ। गोलअन्तरमा अगाडी रहेको टोटनहम चौथो र आर्सनल पाँचौ स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell