PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रिमियर लिग : लिभरपुलको पहिलो बराबरी, स्टुरिजले ८९औँ मिनेटमा गोल गरेपछि चेल्सी विरुद्ध हारबाट जोगियो



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुलको पहिलो बराबरी, स्टुरिजले ८९औँ मिनेटमा गोल गरेपछि चेल्सी विरुद्ध हारबाट जोगियो

यस सिजन प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गरेको लिभरपुलको जित यात्रा रोकिएको छ। ड्यानिएल स्टुरिजले खेलको अन्त्यतिर गोल गरेपछि लिभरपुलले चेल्सी विरुद्ध बराबरी खेल्दै सम्भावित हार टारेको हो।

हार नजिक पुगेको बेला वैकल्पिक खेलाडी स्टुरिजले ८९औँ मिनेटमा गोल गर्दै लिभरपुललाई एक अंक दिलाए। उनी ८६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा एडेन हाजार्डले पहिलो हाफमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा त्यो  अग्रता जोगाउन नसक्दा चेल्सी जितबाट बन्चित रह्यो।

बराबरिपछि ७ खेलबाट म्यानचेष्टर सिटी समान १९ अंक जोडेको लिभरपुल गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ। समान खेलबाट १७ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ। 

२०१८-१९ को प्रिमियर लिगमा यी तीन वटै क्लब अपराजित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell