
काठमाडौँ: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा विवादित बनेका एसपी डिल्लीराज विष्ट लगायत तीन जनाको डिएनए परीक्षणको रिपोर्ट आएको छ।
एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको परीक्षण रिपोर्ट आएको हो।
रिपोर्ट अनुसार तीनै जनाको डिएनए निर्मलाको 'भेजिनल स्वाब' (योनीबाट संकलन गरिएको डिएनए) सित मेल खाएन। आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना थप रहस्यमय बनेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर बहादुर कठायतले रिपोर्ट मेल नखाएको बताए। कठायतले भने, 'तीनै जनाको रिपोर्ट आएको छ। तर, मेल खाएन।'
यसअघि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण मिलेको थिएन।
घटनास्थल मुचुल्का तयार पार्दाका क्रममा बरामद गरिएको महत्वपूर्ण प्रमाणका रुपमा लिइने कपडा लगायतका सामाग्री फेला नपरेको गृहमन्त्री रामबहादुर थापाले यसअघि नै बताइसकेका छन्। यस्तै घटनास्थालमा फेला परेको कपडा पखालिएको भिडियो पनि बाहिरिएको थियो।
एसपी विष्टलाई भने निलम्वन गरिएको छ।
सम्वन्धित समचार
एसपी डिल्लीराज विष्टको रगत डिएनए परीक्षणका लागि पठाइयो, विष्टका छोरा र मेयर सुरेन्द्रका भतिजको पनि परीक्षण गरिँदै
निर्मला प्रकरण : एसपीपुत्रले पार्टी गरेको होटेलको सिसिटिभी फुटेज नियम विपरीत मेटियो, कारबाही गर्ने तयारी