PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाको ठेकेदार र माफियाहरूले दुरुपयोग गरेः चित्रबहादुर केसी



पहिलोपोस्ट

गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाको ठेकेदार र माफियाहरूले दुरुपयोग गरेः चित्रबहादुर केसी

रुपन्देहीः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिका, युरोपियन युनियन र भारतीय शक्ति केन्द्रहरूको दबाबमा ल्याइएको संघीयता नेपालमा नटिक्ने बताएका छन्। भारतीयको डिजाइनमा ल्याइएको संघीय प्रणाली असफल साबित हुँदै गएको दाबी गर्दै केसीले एउटा देश चलाउन नसकेका नेपाली जनताले सात वटा देश पाल्न नसक्ने टिप्पणी गरे।

अखिल नेपाल बुद्धिजीवी संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको नेपालको विद्यामान आर्थिक अवस्था र संघीयता, संघीयताले राष्ट्रिय सार्वभौमिकतामा पार्ने प्रभाव विषयक अन्तर्क्रियामा उनले संघीयताले जनताले राहत नपाएको बताए।

राजनीतिलाई हतियार बनाएर स्वार्थ लिने प्रवृत्ति हाबी भएको उनले बताए। नेपाली जनताले लडेर ल्याएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाको ठेकेदार र माफियाहरूले दुरुपयोग गरेको केसीले आरोप लगाए। अध्यक्ष केसीले नेपालको संघीयता भारतको भएको बताए।

आफ्नै कारण सरकार कमजोर देखिएको केसीले बताएका छन्। सरकारले महङ्गी, कालोबजारी, भष्ट्राचारलाई रोक्न नसकेको आरोप केसीको छ। हत्यारा र बलात्कारीलाई समात्न नसकेर सरकार आफैँ बदनाम भएको उनको भनाई छ। सीमा मिचिँदा पनि सरकार चुप लागेर बसेको उल्लेख गर्दै सार्वभौमिकता, अखण्डता र एकता कमजोर भई देशमा माफियातन्त्र हाबी भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell