PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राम्रो काम गर्दा घेराबन्दीमा परेँ, नराम्रो गरेको भए घेराबन्दी हुने थिएन : गृहमन्त्री थापा



पहिलोपोस्ट

राम्रो काम गर्दा घेराबन्दीमा परेँ, नराम्रो गरेको भए घेराबन्दी हुने थिएन : गृहमन्त्री थापा

काठमाडौः गृहमन्त्री रामबहादुर थापाले सरकारले राम्रो काम गरिरहेकाले नै आफूलाई विभिन्न शक्तिहरूले घेराबन्दी गरेको बताएका छन्।

आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले राम्रो काम गर्दा आफू आलोचित भएको बताएका हुन्। गृहमन्त्री थापाले भने,' राम्रो काम गरेकाले घेराबन्दी भएको छ। नराम्रो काम गरेको भए घेराबन्दी हुने नै थिएन।'

अहिलेको सरकारले देशमा राम्रो काम गरिरहेकाले पुराना शक्तिहरू अतालिएको गृहमन्त्री थापाले आरोप समेत लगाए। गृहमन्त्री थापाले भने,'सरकारले राम्रो काम गरेकाले पुरानो र पराजित शक्तिहरू अतालिएका छन्। सरकारलाई गिराउने प्रयत्न गरिरहेका छन्।'

१३ वर्षीय बालिका निर्मला पन्तको घटना प्रकरणमा अनुसन्धान भइरहेकाले अभियुक्तको नजिक पुगेको समेत गृहमन्त्री थापाले दाबी गरे। 'प्रहरीले नयाँ शिराबाट अनुसन्धान गरिरहेकाले चाँडै हत्यारा पत्ता लाग्छ,' गृहमन्त्री थापाले भने।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे अनुसार सार्वजनिक सवारी भाडा कम मात्रमा बढाएर सरकार सफल भएको गृहमन्त्री थापाले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell