PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

अाेली सरकारले राष्ट्रिय संवेदनशीलता बुझ्न सकेनः विमलेन्द्र निधि



पहिलोपोस्ट

अाेली सरकारले राष्ट्रिय संवेदनशीलता बुझ्न सकेनः विमलेन्द्र निधि

घोराहीः नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन्। प्रेस युनियन दाङलेअाइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताए।

सङ्घीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुँदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उनको भनाइ थियो। काङ्ग्रेस ऐतिहासिक पार्टी भएको भन्दै लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले सो कामलाई जोडदार रुपमा अगाडि बढाएको दाबी गरे।

उनले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिए। निधिले कम्युनिस्ट सरकारले राष्ट्रिय संवेदनशीलता बुझ्न नसकेको आरोप लगाए। “विकास निर्माणदेखि प्रदेशको कानुन निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन,” उनले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell