PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेशको नाम र राजधानीको विषयमा धनगढीमा दोश्रो दिन पनि आमहड्ताल

प्रदेशको नाम र राजधानीको विषयमा धनगढीमा दोश्रो दिन पनि आमहड्ताल

एम बम/पहिलोपोस्ट


कैलालीः प्रदेशको नाम र स्थायी राजधानी घोषणाको विरोधमा आइतबार पनि धनगढीमा आम हडताल जारी छ। प्रदेशको स्थायी राजधानी गोदावरी तोकेको विरोधमा शनिबारदेखि नेपाली कांग्रेसको अगुवाइमा धनगढी बन्दको आह्वान गरिएको थियो।

बन्दका कारण धनगढीको जनजीवन प्रभावित भएको छ। बन्दले धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। बजार, उद्योग कलकारखाना, विद्यालय बैंक तथा वित्तीय संस्था ठप्प छन्। बिहान केही  समय बजार खुलेर यातायातका साधन फाट्टफुट्ट चले पनि १० बजे बन्दकर्ता नारा लगाउँदै सडकमा उत्रिएपछि सबै ठप्प भएका हुन्।

बन्दका कारण यात्रुको विचल्ली भएको छ। दसैँको पूर्वसन्ध्यामा भारतबाट घर फर्किएकाहरु सबैभन्दा बढी मर्कामा परेका छन्। बन्दका क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ। सशस्त्र र नेपाल प्रहरीले सडक तथा चोकहरूमा पहरा दिइरहेका छन्। 

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) को अध्यक्षतामा नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि, कांग्रेसका जिल्ला तथा नगर कमिटिका नेता कार्यकर्ताको उपस्थितिमा आज विहान बसेको बैठकले आम हडताल जारी राख्ने निर्णय गरेको छ। शुक्रबारको प्रदेशसभा बैठकले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी कैलालीको गोदावरी रहने निर्णय गरेको थियो। 
 


ट्रेन्डिङ पोस्ट

Ncell