PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रणवीरका लागि आलियाको उपहार



पहिलोपोस्ट

रणवीरका लागि आलियाको उपहार

बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट प्रेम सम्बन्धमा छन्। दर्शक पनि उनीहरुको प्रेम सम्बन्धबारे जानकार भइसकेका छन्। तर उनीहरुले आफ्नो प्रेम सम्बन्ध मिडियाबाट लुकाउन खोजेका छन्। तर उनीहरुको प्रेम मिडियाबाट लुक्न सकेको छैन। पछिल्लो समय यो जोडी विभिन्न फिल्मका कार्यक्रममा एकसाथ पुग्न थालेका छन्।

फिल्म 'ब्रम्हास्त्र'बाट उनीहरुको लभ अफेयर सुरु भएको हो। यो उनीहरुको नयाँ फिल्म हो। फिल्मले उनीहरुलाई नजिक बनाएको हो।

हालै रणवीरको ३६ ‌औं जन्मदिनमा आलियाले केक तयार पारेकी थिइन्। केक तयार पादै गरेकी आलियाको तस्वीर पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

 रणवीरका पारिवारिक तस्वीरहरुमा पनि आलिया अटाउन थालेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell