PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

राष्ट्र संघ महासभामा आजाद जम्मु कास्मिरको मुद्दा, भारतले कास्मिरमा राज्य प्रायोजित आतंक फैलाएको पाकिस्तानको आरोप  



पहिलोपोस्ट

राष्ट्र संघ महासभामा आजाद जम्मु कास्मिरको मुद्दा, भारतले कास्मिरमा राज्य प्रायोजित आतंक फैलाएको पाकिस्तानको आरोप  

काठमाडौं  : पाकिस्तानले संयुक्त राष्ट्र संघमा जम्मु कास्मिरको मुद्दा उठाएको छ। संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै पाकिस्तानका परराष्ट्र मन्त्री शाह महमुद कुरेसीले भारतले जम्मु कास्मिरमा राज्य प्रायोजित आतंक फैलाइ रहेको आरोप लगाए। 

'यो भारत नै हो जसले अकिपाइड जम्मु र कास्मिरमा राज्यद्वारा प्रायोजित आतंक फैलाइरहेको छ। यो संयुक्त राष्ट्र संघको चासोको विषय हो।

जम्मु कस्मिर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को एजेन्डा हो,' महासभामा  उर्दुमा सम्बोधन गरेका उनले भने, 'कास्मिरी युवाहरूले ज्योति गुमाइरहेका छन् र उनीहरूको भविष्य बन्दुक गोलीमा परिणत भएका छन्, जसरी सिरियाली बाबुहरू आफ्ना सन्तान ढलिरहेको हेरेका छन्, राष्ट्र संघले यसतर्फ हेर्न पर्छ।'

उनले पाकिस्तानले भारतसँग सार्वभौम समानता र आपसी समझदारीका आधारमा सम्बन्ध चाहेको भन्दै सबै किसिमको विवादहरूको समाधान गम्भीर र विस्तृत संवादबाट समाधान खोजेको बताए। 

उनले दक्षिण एसियाको शान्ति जम्मु कास्मिर समस्यासँग जोडिएको बताए। 'दक्षिण एसियाको शान्ति कास्मिर समस्याको तर्कसंगत समाधानसँग प्रत्यक्ष रूपमा जोडिएको छ। जुन कास्मिरी जनताको विचारसँग सम्बन्धित छ,' उनले भने। उनले कास्मिरी जनतालाई आतंकको बिल्ला भिराउन नपाइनेसमेत बताए। 

उनले भारतले निरन्तर रूपमा कास्मिरको लाइन अफ कन्ट्रोलमा युद्ध विराम भंग गरिरहेको। 

उनले पाकिस्तानले भारतसँग संवाद चाहे पनि नयाँ दिल्लीले फिल्मी शैलीमा संवाद तोड्ने गरेको आरोप लगाए। उनले केही पहिला भारतीय समकक्षी सुस्मा स्वराजसँग भेट गर्ने कार्यक्रम रहे पनि दिल्लीले अन्तिम समयमा रोकेको बताए। 'उनीहरू (भारतीय नेता)ले शान्तिको नाममा राजनीति गरिरहेका छन्,' उनले भने। उनले इमरान खानको नेतृत्वमा पाकिस्तान जनचाहना अनुसार सार्वभौम राष्ट्रको रूपमा आफ्ना जनताको रक्षा गर्दै अगाडि बढ्ने बताए।

'हाम्रो सरकारको नीति नजिकका क्षिमेकीसँग शान्ति, सुरक्षा र समृद्धिका लागि सहकार्य गर्ने छ,' उनले बताए। 

उनले पाकिस्तान जम्मु कस्मिर मामिलामा राष्ट्र संघको नेतृत्वमा भएको अनुसन्धान कमिटीको सिफारिस स्वीकार गर्ने भन्दै आजाद जम्मु र कास्मिरको पक्षमा रहेको भन्दै भारत पनि हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell