PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

संसदीय समितिकाे सरकारलार्इ निर्देशनः चाडवाडमा हुने कालाेबजारी राेक्नु



पहिलोपोस्ट

संसदीय समितिकाे सरकारलार्इ निर्देशनः चाडवाडमा हुने कालाेबजारी राेक्नु

काठमाडौँः प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले दशैँ, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दशैँ, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले दैनिक उपभोग्य वस्तुको कालाेबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न सरकारलाई सचेत गराएको छ।

दशैँ, तिहार जस्ता महत्वपूर्ण चाडमा अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्।

समितिले भत्किएको कालीगण्डकी तटबन्द अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ। एक वर्ष नबित्दै तटबन्द भत्किनुको कारण समितिमा एक हप्ता भित्र पेश गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पनि निर्देशन दिइएको छ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मन्त्रालयको नीति, कार्यक्रम र बजेटबारे समितिलाई जानकारी गराएका थिए। उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थानीय समिति बनाएर संचालन गर्न लागिएको पनि बताए।

मन्त्री खनालले कृषकलाई मलको अभाव हुन नदिन आफू सचेत रहे पनि बजेटको अभाव रहेको समितिलाई जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell