काठमाडौँ : बंगलादेमा भोलीदेखि सुरु हुने बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागीता जनाउने नेपाली राष्ट्रिय टोली आइतवार बंगलादेश प्रस्थान गरेको छ।
आइतवारै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेश जाने खेलाडी बिदाइ गरेको थियो। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले टोलीलाई शुभकामना दिादै बिदाइ गरेका हुन्।
साविक विजेता समेत रहेको नेपाल पाँचौ संस्करणको प्रतियोगितामा ताजिकिस्तान र प्यालेष्टाइनसँगै समूह ए मा छ। नेपालले समूह चरणको पहिलो खेल मंगलवार ताजिकिस्तानसाग खेल्नेछ।
यस्तै समूह बी मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
दुई साता अघि बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। त्यस टोलीमा रहेका २० मध्ये १८ खेलाडी दोस्रो पटक बंगलादेश गएका हुन्।
गोलिकपर किरण चेम्जोङ र डिफेन्सिभ मिडफिल्डर रोहित चन्द भने विदेशी लिगमा व्यस्त रहेका कारण राष्ट्रिय टिममा खेल्न नआएका हुन्। उनीहरुको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङ बंगलादेश गएका छन्। तेज पहिलो पटक नेपालको सिनियर टोलीमा परेका हुन्।
राष्ट्रिय टोली बंगबन्धु खेल्न गएपछि एन्फाले हिजोदेखि सुरु गरेको पल्सर शहिद स्मारक ए डिभिजन लिग फुटबल भने भोलीदेखि प्रभावित हुने भएको छ। राष्ट्रिय टोलीमा ए डिभिजन लिग खेल्ने पाँच क्लबका खेलाडी छन्।
शनिवार एनआरटी र त्रिभुवन आर्मीबीच उद्घाटन खेल भएको थियो। आज संकटा र सरस्वती युथ क्लबीच खेल हुँदैछ।
नेपाली टोली:
गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेण्डर : विराज महर्जन (कप्तान), अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी, सुमन अर्याल
मिडफिल्डर : हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ
फरवार्ड : भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
