PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विकल्प राज श्रेष्ठ बने ‘मिस्टर नेपाल २०१८’



पहिलोपोस्ट

विकल्प राज श्रेष्ठ बने ‘मिस्टर नेपाल २०१८’

काठमाडौं: विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०१८’ घोषित भएका छन्। चितवन रामघाटका २५ वर्षिय उनी बिबिएस चौथो वर्षमा अध्यनरत छन्। श्रेष्ठले १५ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन्।

‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन्।

सामाजिक सञ्जालमा सर्वाधिक लाइक प्राप्त गरेर सोसल मिडिया उपाधि समेत हात पारेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद रु ५० हजारका साथमा बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे। श्रेष्ठले यसै वर्ष आयोजना हुने ‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

दरबारमार्गस्थित होटल अन्नपुर्णमा शनिबार सम्पन्न प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफ द इयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेन इन्टरनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए।

कलाकार सुनिल थापा, पुर्व डिआइजी विज्ञानराज शर्मा, गीतकार  डा.कृष्णहरी बराल, बैंकर रबिना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बा लगायत निर्णायक रहेको प्रतियोगितामा सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन मर्हजन बेष्टमोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell