PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्वयम्भूमा गुञ्जियो नेपथ्य

स्वयम्भूमा गुञ्जियो नेपथ्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  लोकरक ब्याण्ड नेपथ्यले स्वयम्भूमा कन्सर्ट सम्पन्न गरेको छ। ब्याण्ड स्थापनाको रजत महोत्सवमा नेपथ्यले कन्सर्ट गरेको हो।

कन्सर्टको सुरुवात केही फरक भयो। पछिल्ला कन्सर्टमा ब्याण्डका मुख्य गायक अमृत गुरुङको आवाजबाट कायक्रम सुरु हुन्थ्यो। यसपाली स्वयम्भूमा उपस्थित दर्शकहरुको आवाजबाट कन्सर्ट सुरु भएको थियो।मञ्चमा रहेका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ बोलको गीतको धुन बजाइदिएका थिए। त्यसमा शब्द राखेर दर्शकले गाएका थिए।

कन्सर्टमा अमृतको झुण्डले ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ र सम्झदै ‘मै मरि जाऊँला’ जस्ता गीतहरु गाएका थिए। अमृतले ब्याण्डको पहिलो गीत ‘आँगनै भरि हिउँ नै झरे’ बोलको गीत पनि सुनाए। नेपथ्यका गीतमा दर्शक झुमेका थिए।

कन्सर्टमा ‘गाउँगाउँबाट उठ’,‘रातो र चन्द्रसूर्य’, ‘हिमाल चुचुरे’, ‘कोशीको पानी’, ‘रेशम’, ‘मै नाचेँ छमछमी’,‘तालको पानी’ बोलका गीत गुञ्जिएका थिए। अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell