PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

विपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक आज पनि स्थगित 



एम बम

विपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक आज पनि स्थगित 

कैलालीः प्रदेशको अस्थायी राजधानी रहेको स्थानबाट स्थायी राजधानी सारिएको भन्दै प्रतिपक्षी दलहरुले सडक र सदनमा आन्दोलन गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसकाे अगुवाइमा धनगढी दुई दिनदेखि बन्द गरिएको छ। साथै उसले लगातार दुई पटक प्रदेश सभा बैठक पनि अवरुद्ध गरेएको छ।

प्रदेश सभाको अाइतबार बसेको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित गरिएको छ । प्रदेश सातको राजधानी सार्नै प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरोध गर्ने चेतावनी कांग्रेसले दिएको छ।

विपक्षी दल कांग्रेस र राजपाका प्रदेश सभा सदस्यहरुले आइतबार पनि रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। प्रतिपक्षीको अवरोध नरोपिकएपछि सभामुख अर्जुन थापाले आगामी मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक स्थगित पछि संचारकर्मीहरुसँग प्रतिकृया दिँदै कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले निरन्तर संसद अवरुद्ध गर्ने चेतावनी दिए। आइतबार प्रशासकीय कार्यविधि नियमित  गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेवल हुने कार्यतालिका रहेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell