PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

टी-२० वर्ल्डकप क्वालिफायर (एसिया) का लागि नेपाली टोली घोषणा, तीन वर्षपछि प्रदिप ऐरीको कमब्याक



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायर (एसिया) का लागि नेपाली टोली घोषणा, तीन वर्षपछि प्रदिप ऐरीको कमब्याक
पीएम कपमा एपीएफका लागि शतक बनाएपछि प्रदिप, फाइल फोटो

काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्ड कपको क्वालिफायरअन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोटका लागि  १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ।

जसमा प्रदिप ऐरीले र शरद भेषावरकले स्थान बनाएका छन् भने एसिया कप छनोट खेलेका सागर पुन बाहिरिएका छन्।

प्रदिपले तीन वर्षपछि नेपालको राष्ट्रिय टोलीमा कमब्याक गरेका हुन्। उनी सन् २०१५ मा जुलाईमा भएको टी-२० वर्ल्डकप क्वालिफायरमा पछिल्लो पटक नेपालको टोलीमा थिए।

यस्तै गत अगष्टमा नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेल्दा औलामा चोट लागेका शरदले दुई महिनापछि टिममा पुनरागमन गरेका हुन्। चोटका कारण शरदले एसिया कप छनोट गुमाएका थिए।  यस्तै एसिया कप छनोट खेलेका युवा स्टार रोहित कुमार पौ८ेल भने यू-१९ एसिया कप खेल्न बंगलादेश गएका छन्। सागर र रोहितको स्थानमा शरद र प्रदिप टिममा परेका हुन्।

आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितिले १४ खेलाडी छनोट गरेका हुन्।

एसिया क्षेत्रको छनोटको समूह बी को खेलहरु अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुनेछ। नेपाली टोली सोमवार दिउँसो १ बजे मालिन्डो एअरमार्फत मलेसिया प्रस्थान गर्ने कार्यक्रम छ।

समूह बी मा रहेको नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन, भुटान र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। यस चरणमा शीर्ष तीन स्थानमा रहने टोली एसिया क्षेत्रकै दोस्रो चरणको छनोटका लागि छानिनेछ। जहाँ कूल ६ टिमबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट उत्कृष्ट दुई टिम ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ।

नेपाली टोली:
पारस खड्का (कप्तान) , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी,  दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरी , सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी


अफिसियल :
रमन शिवाकोटी : म्यानेजर/टेक्निकल एनालिष्ट
जगत टमाटा : कोच
दिनेश भट्ट : फिजियो


वैकल्पिक खेलाडी : सागर पुन, शहाब आलम, सुनिल धमला, दिपेश श्रेष्ठ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell