PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

नेपालका प्रिन्स दुबई जुनियर ब्याडमिन्टन सिरिजमा च्याम्पियन



पहिलोपोस्ट

नेपालका प्रिन्स दुबई जुनियर ब्याडमिन्टन सिरिजमा च्याम्पियन
प्रिन्स दाहाल, फोटो : princedahal/facebook

नेपाली ब्याडमिन्टनका उदयमान युवा खेलाडी प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यू-१५ ब्वाइज सिंगल्समा च्याम्पियन बनेका छन्।

प्रिन्सले आइतबार भएको फाइनलमा इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सेटमा पराजित गर्दै सिरिजको यु–१५ ब्वाइजतर्फ उपाधि जिते।

प्रिन्सले अगष्टिनलाई दुवै सेटमा २१-११ ले पराजित गरेका हुन्।

दुबई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास काय गरेका छन्। उनी सिरिजमा सहभागिता जनाउने एक्ला नेपाली खेलाडी हुन्। उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए। बुधबारबाट शुरु भएको सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको थियो।

प्रिन्स गत साता मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यू-१५ पुरुषतर्फ च्याम्पियन बनेको थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell