PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

राजधानी विवादले धनढीमा दुई दिनदेखि जारी आमहड्ताल फिर्ता, तर आन्दोलन नरोकिने



एम बम

राजधानी विवादले धनढीमा दुई दिनदेखि जारी आमहड्ताल फिर्ता, तर आन्दोलन नरोकिने

कैलाली : सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको विरोधमा धनगढीमा आह्वान गरिएको आम हडताल फिर्ता भएको छ। आइतबार साँझबसेको आन्दोलनकारीको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो। नेपालीको महान चाड दशैँ र तिहार नजिकै आइरहेको र विद्यालयको पठनपाठन प्रभावित भएपछि आम हडताल फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ।
 
तर, उनीहरुले स्वरुप परिवर्तन गरेर आन्दोलन जारी रहने बताएका छन्। फेरिएको आन्दोलनको स्वरुप अनुरुप भोलि राति ८ बजे धनगढी उपमहानगरपालिका क्षेत्रमा ब्ल्याकआउट गर्ने र थप आन्दोलनका कार्यक्रमहरु भोलि नै सावैजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।
 
विपक्षी दलको विरोधका बीच शुक्रबारको प्रदेश सभाको बैठकको दुई तिहाई बहुमतले नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय गरेको थियो। यसैविरुद्ध शनिबारबाट धनगढीमा अनिश्चितकालीन आमहड्ताल आह्वान गरिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell