काठमाडौँ : न्यू डायमण्ड र चितवन टाइगर्स आदिअबाधी महिला भलिबल (एभीएल) प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूह ए मा लगातार दोस्रो हार बेहोरेको विभागीय टोली आर्मी भने समूह चरणबाटै बाहिरिएको छ।
आइतवार राखेपको कभर्डहलमा भएको खेलमा न्यू डायमण्डले आर्मीलाई ३-२ को सेटमा हरायो।
पहिलो सेट न्यू डायमण्डले २५–१५ ले जितेको थियो तर त्यसपछि आर्मीले दोश्रो र तेश्रो सेट २५–२२ र २५–१८ ले जित्दै खेलमा पुनागमन गर्यो।
त्यसपछि दबाबमा परेको डायमण्डले चौथो सेटमा २५-२२ ले जित्दै खेललाई पाँचौ सेटसम्म पुर्यायो। अन्तिम तथा निर्णायक सेटमा आर्मीले १५-११ ले पारजित गर्दै डायमण्डले एक खेल खेल्नुअघि नै अन्तिम चारमा स्थान तय गरेको हो।
आर्मी प्रतियोगिताको उद्घाटन खेलमा चितवन टाइगर्ससँग ३–० को सेटमा पराजित भएको थियो। समूह ए मा चितवन र डायमण्डले एक-एक खेल जितेका छन्। अब समूहको अन्तिम खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ।
आइतवारै भएको समूह बी को विभागीय भिडन्तमा एपीएफले पुलिसलाई ३-० ले हराएको छ। पहिलो खेलमा पोखरा पिङ्केजलाई हराएको पुलिसले दोस्रो खेलमा भने कुनै सेट जित्न सकेन। अब पुलिसले सेमिफाइनल पुग्न अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ। एपीएफले समूहको अन्तिम खेल पोखरासँग खेल्नेछ। यदी एपीएफ विजयी भए पुलिस समूह उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ।
