PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : बंगलादेशले पाकिस्तानलाई हराएपछि नेपाल एक खेल अघि नै सेमिफाइनलमा



पहिलोपोस्ट

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : बंगलादेशले पाकिस्तानलाई हराएपछि नेपाल एक खेल अघि नै सेमिफाइनलमा

काठमाडौं : भुटानमा भइरहेको साफ यू-१८ वुमन्स च्याम्पियनसिपमा नेपालले समूह्य चरणको एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाएको छ।

समूह बी अन्तर्गत आइतवार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई १७-० को फराकिलो अन्तरले पराजित गरेपनि नेपाल र बंगलादेश दुवै अन्तिम चारमा पुगेका हुन्।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो। पाकिस्तान भने दुई खेलमै २९ गोल खादै समूह चरणबाट बाहिरिएको छ।

नेपालले अब मंगलवार बंगलादेशसँग समूह चरणको अन्तिम खेल खेल्ने छ। यस खेलबाट समूह विजेता र उप-विजेताको टुङ्गो लाग्नेछ।

एक-एक खेल जितेको नेपाल र बंगलादेशको समान ३ अंङ्क छ तर गोलअन्तरमा बंगलादेश शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell