PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

यू-१९ एसिया कप : जित्नैपर्ने खेलमा नेपाल अफगानिस्तानसँग भिड्दै



पहिलोपोस्ट

यू-१९ एसिया कप : जित्नैपर्ने खेलमा नेपाल अफगानिस्तानसँग भिड्दै

काठमाडौँ : स्पष्ट छ, नेपालले अफगानिस्तानलाई हराए यू-१९ एसिया कपको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ। हारले भने नेपालको यात्रा समूह चरणबाटै समाप्त हुनेछ।

बंगलादेशमा भइरहेको यू-१९ एसिया कपमा नेपालले सोमवार समूहको दोस्रो खेल अफगानिस्तानसँग खेल्दैछ। अफगानिस्तानले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। यस्तै समूह ए मा लगातार दुई खेल जितेको भारतले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।

अब भारतले अफगानिस्तानसँग खेल्न बाँकी छ। त्यसैले नेपालले अफगानिस्तानलाई पराजित गर्न सके अन्तिम चारमा पुग्ने सम्भावना बाँकी नै रहनेछ। अफगानिस्तानले पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो। नेपाललाई पराजित गर्न सके अफगानिस्तान भारतसँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ।

नेपालले बाँकी दुवै खेल जितेमा र भारतले अफगानिस्तानलाई हराएमा सेमिफाइनल पुग्नेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell