PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

यू–१९ एसिया कपः दबाबपूर्ण खेलमा नेपालको खराब सुरुवात



पहिलोपोस्ट

यू–१९ एसिया कपः दबाबपूर्ण खेलमा नेपालको खराब सुरुवात

काठमाडौँः बंगलादेशमा भइरहेको यू–१९ एसिया कपमा नेपालले अफगानिस्ताविरुद्ध टस जितेर अहिले ब्याटिङ गरिरहेको छ। आजको खेलमा अफगानिस्तानलाई पराजित गरेमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ। हारले भने यात्रा समूह चरणबाटै समाप्त हुनेछ।

टस जितेर ब्याटिङ सुरु गरेको नेपालले खराब सुरुवात गरेको छ। ७ ओभरमा १६ रनमात्र जोड्दा २ विकेट गुमाएको छ। ओपनर रवि साह १८ बल खेल्दै २ रन जोडेर आउट भएका छन्। अर्का ओपनर रित गौतमले २० बलमा १० रन बनाए।  

समूह ए मा लगातार दुई खेल जितेको भारतले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। आजको खेलमा अफगानिस्तान विजयी भएका उसले पनि समिफाइनल यात्रा पक्का गर्नेछ। 

पहिलो खेल भारतसँग हारेको नेपालले अफगानिस्तानलाई पराजित गर्न सके अन्तिम चारमा पुग्ने सम्भावना बाँकी नै रहनेछ। तर, यसका लागि पनि समूहको बाँकी अर्को खेल नेपालले जित्नु पर्नेछ। साथै, भारतले अफगानिस्तानलाई पराजित गर्नु पर्नेछ। 

अफगानिस्तानले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell