PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

सरकारी सेवाको अवसरः प्रहरीमा एकै पटक सात हजार २७६ पदपूर्ति हुँदै, इन्स्पेक्टर, असई र जवान सबैमा आवेदन माग

सरकारी सेवाको अवसरः प्रहरीमा एकै पटक सात हजार २७६ पदपूर्ति हुँदै, इन्स्पेक्टर, असई र जवान सबैमा आवेदन माग

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाल प्रहरीले एकै पटक सात हजार २७६ जनशक्ति पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असइ), जवान र सहयोगी गरी ठूलो संख्यामा पदपूर्ति गर्न लागेको हो।

प्रहरीले सूचना जारी गर्दै असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म आवेदन फाराम भर्न सकिने जनाएको छ।

सूचना अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा १०८ जनाको पदपूर्ति हुँदैछ। जसमा खुला ५८, अमर अशक्त प्रहरी परिवार २ जनाको कोटा छुट्याइएको छ। समावेशीतर्फ महिला ९, आदिवासी जनजाति १५, मधेसी १४, दलित ७ र पिछडिएको क्षेत्र ३ जनाको कोटा रहेको छ। 

यस्तै, प्रहरी सहायक निरीक्षक (असई) मा ५२४ जनाका लागि आवेदन माग भएको छ। जसमा खुला २८३ र अमर अशक्त प्रहरी परिवारका लागि १० जनाको कोटा निर्धारण गरिएको छ। समावेशी समूह अन्तर्गत महिला ४६, आदिवासी जनजाति ७४, मधेसी ६४, दलित ३५, र पिछडिएको क्षेत्रका लागि १२ जनाको कोटा निर्धारण गरिएको छ।

यस्तै, जवानतर्फ ६ हजार २४४ जनाका लागि आवेदन माग गरिएको छ। जसमा खुलातर्फ तीन हजार ३६५ कोटा निर्धारण गरिएको छ।

यस्तै, सहयोगीतर्फ ४०० जनाका लागि आवेदन माग भएको छ। जसमा भान्छे, हजाम, कुचीकार, खेलाडी लगायतका छन्। 

प्रहरी निरीक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण हुनु पर्नेछ। यस्तै, सहायक निरीक्षकको हकमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।

उमेर हद प्रहरी निरीक्षकको हकमा २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ। सहायक निरीक्षकको हकमा २० वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ। आन्तरिक प्रतिस्पर्धीका हकमा ३५ वर्षसम्म मान्य हुनेछ।

असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म आवेदन फाराम बुझाउन सकिनेछ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा सातै प्रदेशको प्रदेश कार्यालयमा पनि फाराम बुझाउन सकिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell