PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चर्चामा 'द भ्वाइस अफ नेपाल'



पहिलोपोस्ट

चर्चामा 'द भ्वाइस अफ नेपाल'

काठमाडौं : यतिखेर रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ चर्चामा छ। दर्शकले सोलाई रुचाएका छन्। गायक प्रमोद खरेल, दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल कार्यक्रमका  निर्णायकहरु हुन्।

सोमा अहिले ब्याटल राउण्ड चिलिरहेको छ। यस राउण्डमा प्रतियोगीहरुले एकै गीतमा गाएर भिडन्त गर्छन्।

यो राउण्डमा एक टिमको गायक अर्को टिमले चोर्ने ‘स्टील’ प्रकृयाले दर्शकलाई मनोरञ्जन दिएको आयोजक टिमले जनाएको छ। पछिल्लो समय सोका निर्णायकको एकै किसिमको ड्रेसका विषयमा टिका टिप्पणी भएका थिए। यस राउण्डदेखी निर्णायक तथा कार्यक्रमका होस्ट सुशिल नेपालका ड्रेस डिजाइन परिवर्तन भएको छ।

‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’लाई विदेशमा रहेका नेपालीहरुले पनि रुचाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell