PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अन्तर्राष्ट्रिय अवार्ड विजेता फिल्म 'लामा ला' युट्युबमा



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय अवार्ड विजेता फिल्म 'लामा ला' युट्युबमा

'लामा ला' युट्युब रिलिज भएको छ। मरुन स्टुडियोको प्रस्तुती रहेको फिल्म लेक च्याम्प्लेन इन्टरनेशनल फिल्म फेस्टिभलमा 'न्यू होराइजन अवार्ड' विजेता हो।

उच्च बौद्ध शिक्षाका लागि गुम्बा परिवर्तन गर्न हिडेको लामा जम्याङले बाटो बिराउँछ। र, उसको भेट जनसेना अर्जुनसँग हुन्छ। उनीहरुको भेटपछिको यात्रा र अन्य घटनाक्रम फिल्ममा देखाइन्छ। यसबीचमा लामाले जीवन आदर्शको कुरा गर्छ जसको प्रभाव अर्जुनमा पनि पर्छ।

फिल्म  ट्रायोन इन्टरनेशनल फिल्म फेस्टिभल, डच माउन्टेन फिल्म फेस्टिभल, पाकिस्तान माउन्टेन फिल्म फेस्टिभल, माउन्टेन फिल्म फेस्टिभल आदिमा प्रदर्शन भइसकेको छ। फिल्ममा रवि कार्की र जीवन पुलामीको मुख्य अभिनय रहेको छ। त्यस्तै अन्य कलाकारुहरु नितुशा खड्का, उमेश घोरासैनी, विक्रमआदित्य शाह लगायत छन्।

निश्चल पौडेलको निर्देशन रहेको लामा लाका लागि कथा पनि उनकै रहेको छ। लेखनमा सिनेम्याटोग्राफर मनोजकुमार पन्तले साथ दिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell