PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'डियर जिन्दगी'मा सुनिल थापा



पहिलोपोस्ट

'डियर जिन्दगी'मा सुनिल थापा

काठमाडौं :  अभिनेता सुनिल थापा पछिल्लो समय फिल्महरु मै व्यस्त छन्। राँते काईंलाको उपनामले परिचित सुनिल अभिनित फिल्महरु प्रदर्शनमा छन्। अब भने उनी फिल्मसँगै टेलिश्रृङ्खलामा पनि देखिने भएका छन्। घटस्थापनाको दिनदेखी प्रशारणमा आउने ‘डियर जिन्दगी’मा उनी देखिने भएका हुन्।

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको टेलिश्रृङ्खलाको ट्रेलर पनि सार्वजनिक भएको छ। टेलिश्रृङ्खलालाई जनक दीप पराजुलीले निर्देशन गरेका छन्। टेलिश्रृङ्खमा सुनिलसँगै पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, लगाएतको अभिनय रहेको छ।

‘डियर जिन्दगी’मा जनक दीप पराजुलीको गीत, जुनु गौतम र विल्सन श्रेष्ठको गायन, डिजे एलेक्सको संगीत रहेको छ।  

वसन्त पोखरेलको लेखनमा बनेको टेलिश्रृङ्खलाका सायक निर्मातामा रघुनाथ सापकोटा रहेका छन्। टेलिश्रृङ्खलामा जीवन पराजुलीले छायाँकन तथा धुर्व राज पराजुलीको सम्पादन रहेको छ। नेपाल टेलिभिजनबाट प्रशारण हुने यस टेलिश्रृङ्खला युट्युब च्यानल मार्फत पनि सार्वजनिक हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell