PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ससुराली देशमा निक



पहिलोपोस्ट

ससुराली देशमा निक

हलिउड गायक निक जोनसको मुम्बई भ्रमण बाक्लिन थालेको छ। बलिउड अभिनेत्री प्रियंका चोपडाका कारण पनि उनको मुम्बई भ्रमण बढेको हो। प्रियंकासँग इन्गेजमेन्ट गरेका निकको ससुराली देश बन्दैछ भारत। बिहे मिति नजिकिँदै जाँदा दुईजनाको भेट बाक्लिन पनि थालेको छ। दुवैजनाका पारिवारिक जमघट बढेको छ।

हालै निक मुम्बई पुगेका थिए। उनले त्यहाँ बलिउड कलाकार र खेलाडीहरुसँग फुटबल खेलेका छन्। भारतीय मिडियाका अनुसार क्रिकेटर महेन्द्र सिंह धोनी पनि निकसँगै फुटबल खेल्नका लागि मैदानमा उत्रेका थिए। 

'क्वान्टिको' अभिनेत्री प्रियंका र निक बिहेको तयारीमा छन्। हालै निकले नयाँ गीतको भिडियो सार्वजनिक गरेका थिए। निक र प्रियंकाको भेट मेट गालामा भएको थियो। उनीहरुको जोडीलाई दर्शकले पनि रुचाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell