PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

करबारे अराजकता फैलाउनेमाथि कडा कारबाही हुन्छः र्इश्वर पोखरेल



पहिलोपोस्ट

 करबारे अराजकता फैलाउनेमाथि कडा कारबाही हुन्छः र्इश्वर पोखरेल

काठमाडौँः कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री र्इश्वर पोखरेलले कर सम्बन्धि अराजकता फैलाउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। साथै पोखरेलले दोहोरो कर  लिए त्यसविरुद्ध  प्रतिकारमा उत्रिन निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औ‌ वार्षिक साधारण सभामा उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धि अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान हुने बताए।

उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने स्पष्ट पारे। पोखरेलले कर सम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरिन् । उनले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनुपरेको बताइन्। महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दवाव दिँदै आएको छ । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell