PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अपराधिक गतिविधिलाई नियन्त्रणका लागि सशस्त्र प्रहरीको विशेष अभियान



चन्द्रकान्त खनाल

अपराधिक गतिविधिलाई नियन्त्रणका लागि सशस्त्र प्रहरीको विशेष अभियान

रुपन्देहीः सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भैरहवाले विशेष अभियान सुरु गरेको छ। सीमा अपराध तथा कालाबजारी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल कडाइका साथ लागेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भैरहवाले जनाएकाे छ।

जिल्लाका सबै क्षेत्रमा तस्करी तथा कालाबजारी रोकथामका लागी मोवाइल गस्ती, घुम्ति चेकजाँच, सादा पोशाककाे विशेष टोली परिचालन, स्थानीयहरुसँग सहकार्य र सञ्चारकर्मीसँग छलफललगायतका अभियान गर्न लागेको सशस्त्र प्रहरी बल गुल्म भैरहवाका प्रमुख सशस्त्र प्रहरी नायक उपरीक्षक गोविन्दबहादुर खातीले बताए।

चाडपर्वको समयमा तस्करहरु बढी सलबलाउने भएकाले यसलाई पुर्ण नियन्त्रण गर्ने प्रयासमा आफूहरु लागेको भन्दै खातीले रुपन्देही जिल्ला अबका केही समयपछि तस्करी शुन्य गराउने अभियानमा रहेको बताए।

स्थायीसमेत सशस्त्रको नयाँ अभियानबाट खुसी भएका छन्। बेलहिया गाउँ समाजका निर्वतमान अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्च रुपन्देहीका अध्यक्ष सुरेन्द्र क्षेत्रीले तस्कर र सिमा अपराध रोकथाममा आफूहरुको सहयोग हुने बताए। भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले सशस्त्र प्रहरीले थालेको अभियानले भन्सार राजस्व बढेको बताए। 

पछिल्लो समय बरामद गरिको अवैध सामान 

असोजमा मात्र ५ लाखभन्दा बढी को अवैध सामान बरामद गरेको थियो। असोज ७ गते खाँतीको नेतृत्वमा बेलहिया क्षेत्रबाट खटेकाे टाेली भन्सार छली ल्याएको २ लाख ५७ हजार मूल्य बराबरको लत्ता, कपडा ,किराना समान र स्टेशनरी बरामद गरेको थियो। यस्तै भारतबाट आएको २१ बोरा प्लास्टिक समान बरामद गरि राजस्व अनुसन्धान कार्यालय रुपन्देहीमा पठाइएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell