PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

शिक्षा मन्त्रालयकाे वक्तव्यमाथि डा.केसीकाे 'काउन्टर अट्याक'



पहिलोपोस्ट

शिक्षा मन्त्रालयकाे वक्तव्यमाथि डा.केसीकाे 'काउन्टर अट्याक'


काठमाडाैँः डा. गाेविन्द केसीले  शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीप्रति अाफ्नाे गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । शनिबार मन्त्रालयले विज्ञप्ति जारी गरी डा. केसीकै कारण विधेयक पास नभएको  अाराेप लगाएकाे थियाे ।

उनले शिक्षा मन्त्रीकै ब्ल्याकमेलिङको कारण चिकित्सा शिक्षा विधेयक पास हुन नसकेकाे दाबी गरेका हुन्। मन्त्रालयकाे विज्ञप्तीप्रति आक्रोशित डा. केसीले सोमबार प्रेस विज्ञप्ती जारी गरी साे विज्ञप्ती भ्रमपूर्ण भएको  अाराेप लगाए।

उनले शिक्षामन्त्रीकै ब्ल्याकमेलिङको कारण विधेयक पारित नभएको दोहाेर्‍याए। उनले शिक्षा मन्त्रीको राजीनामाबाट पछि नहटेको समेत बताए।

डा. केसीले तत्कालै चिकित्सा शिक्षा विधेयक पारित गर्नुका साथै  गौरी बहादुर कार्की आयोगले दोषी ठहर्‍याएका त्रिभुवन विश्वविद्यालयका उपकुलपती तिर्थ खनियाँ लगायतका पधाधिकारीहरुलाई बर्खास्त नगरे आन्दोलन गर्ने चेतावनी दिए। उनले अफू जुनसुकै बेला जहाँ पनि अनशन बस्न सक्ने दोहाेर्‍याएका छन्।

यो पनि पढ्नुहोस् डा. केसी भर्सेज शिक्षामन्त्री पोखरेल: जुहारी कहिलेसम्म?
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell