PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

'ट्यालेन्ट हन्ट नेपाल'मा आलोक प्रथम

'ट्यालेन्ट हन्ट नेपाल'मा आलोक प्रथम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : 'सेन्टर बाल संसार ट्यालेन्ट हन्ट नेपाल'मा नृत्यबाट आलोक बोहरा उत्कृष्ट बनेका छन्। काठमाडौंको सिभिल मल बाल संसारले बालबालिकाहरुबीच कार्यक्रम आयोजना गरेको हो। गायन, नृत्य र अभियन विधामा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताका ३४९ लाई पछि पार्दै बोहरा प्रथम भएका हुन्। उनले उत्कृष्ट नृत्यको उपाधिसँगै नगद ५० हजार रुपैँया हात पारे । यस्तै फस्ट रनरअप रोहित थापामगर र सफल बस्नेतले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। नृत्यबाट नै रिव्या तण्डुकारले सेकेन्ड रनरअप सहित १० हजार पाइन्। गायनबाट विविध प्याकुरेलले पनि नगद १० हजार सहितको उपहार पाए।

३५० प्रतियोगीबाट फाईनल राउन्डको लागि ४० बालबालिका छानिएका थिए। ३२ ओटा स्कुलका बालबालिका प्रतियोगितामा सहभागी थिए।प्रतियोगिताको निर्णायकहरु गायकनमा आनन्द कार्की, प्रश्ना शाक्य, अमर तण्डुकार, नृत्यमा नरेशबीर सिंह, माईकल चन्द थिए।

  



ट्रेन्डिङ पोस्ट

Ncell