PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

बीस वर्ष पुरानो गाडी पुनः सञ्चालनका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव, लेखा समितिले दियाे रोक्न निर्देशन



बीपी साह

बीस वर्ष पुरानो गाडी पुनः सञ्चालनका लागि मन्त्रिपरिषद्‍मा  प्रस्ताव, लेखा समितिले दियाे रोक्न निर्देशन

काठमाडौँ : २० वर्षभन्दा पुरानो सवारी साधन पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयले २० वर्ष पुराना गाडी पुनः सञ्चालनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ।

तर, समाेबार सार्वजनिक लेखा समितिले २० वर्ष पुरानो गाडीलाई सञ्चालनमा नल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिमा सांसदहरुले २० वर्ष पुराना गाडीले समस्या खडा गर्ने भन्दै आपत्ति जनाएपछि समितिले यस्तो निर्देशन दिएको हो।

समितिको बैठकमा छलफलका लागि बोलाइएका साे मन्त्रालयका सचिव मधुशुदन अधिकारीले २० वर्ष पुरानो हुँदैमा सवारी साधनको आयु समाप्त नहुने तर्क गर्दै पार्टपुर्जा फेरेर दुरुस्त अवस्थामा रहेको सवारी चलाउन मिल्ने बताएका थिए।

पहाडी क्षेत्रमा पुरानै मोडलका गाडीहरु चल्न सक्ने बताउँदै अधिकारीले काठमाडौं महानगरपालिका र पोखरा उपमहानगरपालिका बाहेकको स्थानमा २० वर्ष पुरानो गाडी चलाउने तयारी गरिएको जानकारी दिए। प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको अधिकारीले बताए।

सार्वजनिक लेखा समितिले २० वर्ष पुरानो गाडी जति मर्मत गरेपनि पुरानै हुने तर्क दिदै सञ्चालनमा नल्याउन सरकारलाई निर्देशन दिएको हो।
सरकारले गत चैतदेखि २० वर्षे सवारी संचालनमा रोक लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell