PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बंगबन्धु गोल्डकप : नेपालले आज ताजिकिस्तानसँग खेल्दै



पहिलोपोस्ट

बंगबन्धु गोल्डकप : नेपालले आज ताजिकिस्तानसँग खेल्दै

काठमाडौँ : बंगलादेशलामा सोमवारबाट सुरु भएको बंगबन्धु गोल्डकपमा नेपालले आज पहिलो खेल खेल्दैछ। समूह ए मा रहेको नेपालले ताजिकिस्तानसाग पहिलो खेल खेल्नेछ।

खेल बंगलादेशको सिलेटमा स्थानिय समय अनुसार बेलुका ६:१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल शनिवार प्यालेष्टाइनसँग खेल्नेछ।

दुवै टोली फिफा वरियतामा नेपाल भन्दा माथि छन्। प्यालेष्टाइन १०० औँ स्थानमा छ भने ताजिकिस्तान १२०औँ र नेपाल १६०औँ स्थानमा छ।

यसअघि नेपालले ताजिकिस्तानसँग एसिया कप छनोटमा दुई खेल खेलेका थियो। दुवै खेलमा नेपाल पराजित भएको थियो। होम ग्राउण्डमा २-१ ले पराजित भएको नेपाल अवे ग्राउण्डमा ३-० ले हराेको थियो।

यसअघि सोमवार भएको उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओसलाई १-० ले पराजित गर्दै समूह बी मा ३ अंक जोडेको छ।


नेपाल बंगबन्धु गोल्डकपको साविक विजेता समेत हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell