काठमाडौँः बलात्कारको घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई चिकित्सक कारबाहीका लागि सिफारिस गरिएको भएका छन्। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा रहेको सरकारवादी फौजदारी मुद्दाको काम कारवाहीमा समन्वय समितिले जिल्ला प्रहरी कार्यालय धनुषाको पत्राचार अनुसार दुई चिकित्सकलाई कारबाहीको सिफारिस गरेको हो।
धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने करण मण्डलले जबर्जस्ती करणी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पताल सिराहाबाट प्राप्त भएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक परेको पत्राचार प्रहरीले महान्यायाधिवक्ता कार्यालयमा गरेको थियो। अञ्चल अस्पतालका डाक्टरहरूले अनुसन्धान कार्यलाई प्रभावित हुने गरी रिपोर्ट दिएको भनी प्रहरीले पत्राचार गरेको थियो।
महान्यायाधिवक्ता खरेल नेतृत्वको समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाहीका लागि मेडिकल काउन्सिललाई सिफारिस गर्ने निर्णय गरेको हो।
समितिको निर्णयमा भनिएको छ ‘परीक्षण प्रतिवेदन व्यहोरा फरक–फरक प्राप्त हुन आएको, समयमा उपलब्ध नगराएको र पूर्ण तथा विश्वसनीय परीक्षण प्रतिवेदन नभएको कारण अपराध अनुसन्धानको कार्य प्रभावित भई पीडितले कानुन बमोजिमको न्याय पाउन नसक्ने अवस्था सिर्जना हुन सक्ने हुँदा प्रस्तुत मुद्दामा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरहरूलाई आवश्यक कारबाहीका लागि संलग्न कागजातहरूको प्रतिलिपि साथै राखी नेपाल मेडिकल काउन्सिलमा लेखी पठाउने।’
धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने करण मण्डलले जबर्जस्ती करणी गरेको मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पताल सिराहाबाट प्राप्त भएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक परेको पत्राचार प्रहरीले महान्यायाधिवक्ता कार्यालयमा गरेको थियो। अञ्चल अस्पतालका डाक्टरहरूले अनुसन्धान कार्यलाई प्रभावित हुने गरी रिपोर्ट दिएको भनी प्रहरीले पत्राचार गरेको थियो।
दुई अस्पतालको परीक्षणमा पीडितको उचाई र तौल समेत दुईवटा फेला परेको थियो।