PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

भक्तपुरबाट सात जुवाडे पक्राउ



पहिलोपोस्ट

भक्तपुरबाट सात जुवाडे पक्राउ

भक्तपुरः महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell