PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नागढुङ्गा–पिपलामोड सडकमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक



पहिलोपोस्ट

नागढुङ्गा–पिपलामोड सडकमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक
फाइल फोटो

काठमाडौँः त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ। चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो।

डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए।

'निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ' उनले भने। उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो। डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell