PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

नेपाल प्रहरी विश्वकै उत्कृष्ट बन्न सक्छ, तर आफ्नो आचरण सुधार्नुपर्छः महानिरीक्षक खनाल



पहिलोपोस्ट

नेपाल प्रहरी विश्वकै उत्कृष्ट बन्न सक्छ, तर आफ्नो आचरण सुधार्नुपर्छः महानिरीक्षक खनाल

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देश र नागरिकको सेवक भएकाले उनीहरूकै सुरक्षाका लागि  हरहमेशा कटिबद्ध भई निस्वार्थ काम गर्न निर्देशन दिएका छन्।

मंगलवार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्न सोलुखुम्बु पुगेका महानिरीक्षक खनालले व्यवसायिक रुपमा प्रहरीलाई काम गर्न निर्देशन दिएका हुन्।

त्यस्तै महानिरीक्षक खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको तर्क गर्दै आफ्नो आचरण र इमान्दारितमा सुधार गर्नुपर्ने बताए। खनालले भने,'नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्छ तर त्यसको लागि प्रहरी कर्मचारीहरूले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्‍यो।'

महानिरीक्षक खनालले  विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु नहुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell