PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'ड्रिम गर्ल' निर्देशकले घोषणा गरे दुई फिल्म



पहिलोपोस्ट

'ड्रिम गर्ल' निर्देशकले घोषणा गरे दुई फिल्म

काठमाडौं : फिल्म 'ड्रिम गर्ल’को प्रदर्शन मिति फेरी सरेको छ। निर्माण टिमले असोज १९ मा प्रदर्शन गर्ने भनिएको फिल्म मंसिर ७ लाई सारेको हो। यसअघि असारमा प्रदर्शन गर्ने भनिएको फिल्म तेश्रोपटक सरेको हो। अब भने निर्माण टिमले फिल्मको ट्रेलर सहित नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ।

फिल्मको ट्रेलरमा कलाकार आकाश श्रेष्ठ डेब्यू अभिनेत्री आश्मा गिरी, विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ लगायत फिचर्ड छन्। फिल्मलाई निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेका हुन्। ऋषिराजले फिल्मको ट्रेलरसँगै दुईओटा फिल्मको घोषणा गरेका छन्।

‘ड्रिम गर्ल’को प्रदर्शन फेरी सर्ला? निर्देशक आचार्यले फिल्मको प्रदर्शन अब नसार्ने निर्णय गरेका छन्। उनको निर्देशनमा बन्ने दुई फिल्महरु ‘चुरीफुरी’ र ‘द्रौपती’ हुन्। दुई फिल्मका लागि कलाकार फाइनल भएका छैनन्। एउटा फिल्मको प्रदर्शन मिति नै फाइनल गर्न नसकेका ऋषिले अब दुई फिल्म कुन मितिमा ल्याउलान् ? पछि नै थाह हुनेछ।

फिल्म ‘ड्रिम गर्ल’ भने आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथा विधाको फिल्म हो।  फिल्ममा अर्जुन पोखरेलले संगीत, राहुल राईको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell